दाङमा करेन्ट लागेर एक जनाको मृत्यु



दाङ,असार ३ । दाङको देउखुरीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । राप्ती गाउँपालिका वडा नं–५ पहरुवा निवासी करिब ४५ बर्षिय मोहन चौधरीको आज विहान मोटरबाट पानी तानेर खेतमा चार्ने क्रममा करेन्ट लागेर मृत्यु भएको हो ।

इलाका प्रहरी कार्यालय भालुवाङका अनुसार घरबाट तानिएको तारमा करेन्ट प्रसारण हुँदा चौधरीलाई करेन्ट लागेको थियो । करेन्ट लागेर पानीमा डुबेको अवस्थामा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

शवलाई लमही अस्पतालमा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्