नुवाकोटकी शिक्षिका आचार्यको दुर्घटनामा मृत्यु सुनेपछि उपसभामुख तामाङको यति भाबुक स्टाटस
नुवाकोट, असार ३ । जिल्लाको सुन्दरा माद्यामिक विद्यालयकी शिक्षिका राधिका आचार्यको मृत्युको खबरले आफू अत्यन्त दुखी भएको वाग्मती प्रदेशका उपसभामुख तथा नेकपा माओवादी केन्द्रकी नेतृ राधिका तामाङले बताएकी छन् ।
शुक्रबार सामाजिक संजाल फेसबुकमा एक स्टाटस लेख्दै नेतृ तामाङले राधिका आफ्नु स्कुले जीवनको मिलनसार तथा भद्र प्रकृतिको सहपाठी भएको समेत उल्लेख गरेकी छन् ।
सडक दुर्घटना अनि मृत्युको खबरले आफुलाई विछिप्त तुल्याएको बताउदै उपसभामुख तामाङ अगाडि लेख्छिन, ‘मिलसार, अध्ययनशील र इमान्दार स्वभावकी धनी प्रिय साथी राधिका अल्पायूमै संधैको लागि बिदा भएको कुरा पत्याउनै गाह्रो भइरहेको छ । तर विवश छु, मनले नमाने पनि आत्मीय साथीप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोकमा रहनुभएका परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु ।’
शिक्षिका आचार्यको शुक्रबार बिहान विद्यालय जाने क्रममा उनी सवार स्कुटर दुर्घटना भइ बाटैमा मृत्यु भएको थियोे ।

