दाङमा सुस्त मनस्थिति युवतिमाथि सामूहिक बलात्कार
दाङ,असार ४ । दाङमा एकजना किशोरीमाथि सामूहिक बलात्कार भएको छ । बलात्कृत किशोरी सुस्त मनस्थिति हुन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार तुलसीपुर ५ की २५ वर्षीया किशोरीलाई चार युवकले बलात्कार गरेका हुन् ।
बिहीबार राति चार युवाहरूले उनलाई दोघरेमा निर्माणाधीन एक घरमा पुर्याएर बलात्कार गरेका थिए । प्रहरीका अनुसार दोघरेका कमल चौधरी, शंकर बिक, अर्जुन परियार र अर्का पनि अर्जुन परियारको समूहले बलात्कार गरेका थिए ।
यी मध्य कमल चौधरीले सुरुमा किशोरलाई फकाईफुल्याइ दोघरे पुर्याएका थिए । त्यसपछि अरु तीन युवालाई जिम्मा लगाएर कमल भने फर्किएका थिए । प्रहरीले घटनामा संलग्न चार जना मध्य शंकर बिक र कमल चौधरीलाई नियन्त्रणमा लिएको छ । अर्जुन परियार नाम गरेका दुई युवा भने फरार छन् ।

