नुवाकोटको पर्यटन प्रवर्द्धनका लागि प्रदेश सरकारको लोभलाग्दो कार्यक्रम



नुवाकोट,असार ४ । बागमती प्रदेश सरकारले नुवाकोट जिल्लाको पर्यटन प्रवर्द्धनका लागि बिशेष लोभलाग्दो कार्यक्रमहरु कार्यान्वयन गर्ने भएको छ । प्रदेश सरकारले सो कार्यक्रमहरु कार्यान्वयनका लागि बजेट वक्तव्यमा उल्लेख्य बजेटहरु विनियोजन गरेको छ । आगामी आर्थिक बर्षलाई घुमफिर बर्ष मनाउने घोषणा गरेको प्रदेश सरकारले बिनियोजन गरेका रकमहरुको सार्थक कार्यान्वयनले नुवाकोटको पर्यटन प्रबर्धनमा महत्वपूर्ण योगदान पुग्ने पर्यटनविदको भनाई छ ।


बागमती प्रदेश सरकारले बेलकोटगढी नगरपालिकामा पर्ने पर्यटकीय चिम्टेश्वर क्षेत्रलाई नमुना गन्तब्यको रुपमा बिकास गर्ने भएको छ । उक्त क्षेत्रको पर्यटकीय सम्भावनालाई दृष्टिगत गर्दे निर्माण भईरहेको भ्यू टावरलाई पूर्णता दिँदै उक्त स्थानमा बन, बँगैचा र पार्क निर्माणका लागि एक करोड ९५ लाख ७९ हजार रुपैया बिनियोजन गरेको छ । यसैगरी नुवाकोटको प्रमुख पर्यटकीय गन्तब्य ककनीमा हिलस्टेशन प्याकेज निर्माण गर्न एक करोड ६८ लाख ७४ हजार रुपैयाँ बिनियोजन गरिएको छ ।


यसैगरी प्रदेश सरकारले बजेट बक्तब्य मार्फत नुवाकोटको धार्मिक क्षेत्र दुप्चेश्वर मन्दिर संरक्षण, फिकुरीमा निर्माण, शिवपुरीमा तामाङ साँस्कृतिक संग्रहालय निर्माण, पिपलटारमा पोष्टबहादुर बोगटी स्मृति पार्क निर्माणलाई पूर्णता लगायत सयौं पर्यटकीय कार्यक्रमहरुमा बजेट बिनियोजन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्