दुर्गा प्रसाईंलाई सुनको लौरो उपहार



काठमाडौं,असार ४ । बीएण्डसी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईंलाई सुनको लौरो उपहार प्रदान गरिएको छ ।

तीन दिने भ्रमणका लागि नेपाल आएका दुबईका राजकुमार जुमा अल मोक्तुमले नेकपा एमालेका केन्द्रीय सदस्यसमेत रहेका प्रसाईंलाई शनिबार सुनको लौरो उपहार प्रदान गरेका हुन्।

श्री एयरलाइन्सको विमानमार्फत चन्द्रगढी विमानस्थलमा ओर्लिएका दुबईका राजकुमार मोक्तुमलाई दुर्गा प्रसाईंले स्वागत गरेका थिए। स्वागतकै क्रममा राजकुमार मोक्तुमले विमानस्थलमै प्रसाईंलाई सुनको लौरो उपहार दिएका थिए ।प्रसाईंकै निम्तोमा राजकुमार मोक्तुम नेपाल आएको बुझिएको छ।

प्रतिक्रिया दिनुहोस्