टोखा १ मालुङमा कुटपिटबाट एकको मृत्यु, तीन जना पक्राउ



काठमाडौं,असार ५ । टोखामा कुटपिटबाट एकजनाको मृत्यु भएको छ । कुटपिटबाट टोखा नगरपालिका–१ मालुङ बस्ने पाँचथरका २२ वर्षीय दिपेन लिम्बुको मृत्यु भएको हो । 

जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले लिम्बुको हत्यामा संलग्न मोरङ घर भई टोखा बस्ने ४० वर्षीय खगेन्द्र लिम्बुसहित तीन जनालाई शुक्रबार रति पक्राउ गरेको हो ।

टोखा–१ मालुङस्थित निर्माणाधीध घरमा काम गर्ने कामदारबीच एकापसमा झगडा हुँदा गम्भीर घाइते भएका लिम्बुको उपचारका क्रममा शिक्षण अस्पताल महाराजगञ्जमा निधन भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्