नुवाकोट पञ्चकन्याको छहरे-राष्ट्रिय मावि सडक कालोपत्रे सुरु



नुवाकोट,असार ५ । नुवाकोट पञ्चकन्याको छहरे-राष्ट्रिय माध्यमिक विद्यालय सडक कालोपत्रे सुरु भएको छ । यसअघि कालोपत्रेको तयारी गरिएतापनी सम्पन्नमा ढिलासुस्तीभएको भन्दै सो सडकले आलोचना खेप्दै आएको थियोे ।

पछिल्लो समय वाग्मती प्रदेश र पञ्चकन्या गाउँपालिकाबाट प्राप्त रकममा सो सडकखण्ड कालोपत्रे गर्न लागिएको इन्जिनियर उज्ज्वल न्यौपानेले जनकारी दिए । उनका अनुसार हाललाई साढे २ किलोमिटर कालोपत्रे हुनेछ र बाकी सडक विभागले गर्नेछ ।

इन्जिनियर न्यौपानेले आव २०७८/०७९ मा प्रदेश सरकारबाट ९९ लाख ९८ हजार र गाउँपालिकाको ९९ लाख ९८ हजार रकममा सडक कालोपत्रे हुन लागेको बताए । काष्ठमण्डप निर्माण सेवाले १ करोड ८७ लाख रुपैयाँमा ठेक्का पारेको इन्जिनियर न्यौपाने बताए । गाउँपालिकाले २ करोड ४ लाखमा टेण्डर आह्वान गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्