जाजरकोटका एक वडाध्यक्षको मृत्यु

जाजरकोट,असार ५ । कुशे गाउँपालिका–७ का वडाध्यक्ष मनबहादुर घर्तीको मृत्यु भएको छ ।
शुक्रबार राति घरमै सुतेका अध्यक्ष घर्ती बिहान मृत भेटिएको सहायक प्रमुख जिल्ला अधिकारी झलक केसीले बताए ।
उनले नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) बाट चुनाव जितेका थिए । घरमै सुतिरहेको अवस्थामा कसरी मृत्यु भयो भन्ने बारेमा अनुसन्धान जारी रहेको बताइएको छ ।