भुटानी शरणार्थीका अगुवा डाक्टर भम्पा राईको निधन



काठमाडौं,असार ५ । भुटानी शरणार्थीका अगुवा डाक्टर भम्पा राईको निधन भएको छ। उनी ७५ वर्षको उमेरमा निधन भएको हो । स्वास्थ्यमा समस्या देखिएपछि उनलाई नोबेल अस्पताल लगिएको थियोे । राईको उपचारका क्रममा निधन भएको हो।

केही दिन अघि हर्नियाको शल्यक्रिया गरिएका राईको शनिबार मुटुको चाल कम भएको थियो। 

तीन दशकदेखि भुटानी शरणार्थीको स्वदेश फिर्ती आन्दोलनको नेतृत्व गर्दै आएका उनी झापाको दमकमा एक्लै बस्दै आएका थिए। दुई वर्ष अघि उनकी श्रीमतीको मृत्यु भएको थियो।

प्रतिक्रिया दिनुहोस्