अवैधरुपमा भित्र्याइएको चिनी नेपालगञ्जबाट बरामद

बाके,असार ६ । भारतबाट अवैधरुपमा भित्र्याइएको चिनी नेपालगञ्जबाट बरामद गरिएको छ ।
नेपालगञ्ज उपमहानगरपालिका वडा नम्वर ९ र १३ बाट भन्सार छली चोरी पैठारी गरी ल्यादै गरेको १४ बोरो चिनी, नरिवल, केराउ, लेडिज चप्पल गरी कुल जम्मा अन्दाजी मुल्य रु.१,१२,९००।– (एक लाख बाह्र हजार नौ सय) रुपैया बराबरको सामान बरामद गरेको छ ।
आवश्यक कारवाहीको लागी भन्सार कार्यालय नेपालगञ्ज बाँकेमा पठाईएको वडा प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक रिपेन्द्र कुमारले बताए ।