२३ वर्षीया अभिनेत्री रश्मिरेखाले गरिन् आत्महत्या, प्रेमीको संलग्नता भएको परिवारको दाबी



एजेन्सी,असार ७ । चर्चित टेलिभिजन अभिनेत्री रश्मिरेखा ओझाले आत्महत्या गरेकी छन् । भुवनेश्वरको नयाँपाली क्षेत्रमा २३ वर्षीया नायिकाको भाडाको घरमा झुण्डिएको अवस्थामा शव फेला परेको भारतीय समाचार एजेन्सी दैनिक भाष्करले जनाएको छ ।

यद्यपी प्रहरीले आत्महत्या गर्नुको ठोस कारण भने खुलाउन सकेको छैन् । प्रहरीले अस्वाभाविक मृत्युको मुद्दा दर्ता गरेको छ । रिपोर्टका अनुसार प्रहरीले रश्मिरेखाको सुसाइड नोट पनि फेला पारेको छ । उता रश्मिरेखाका बुवाले आफ्नी छोरीको मृत्युको जिम्मेवार सन्तोष पात्र रहेको बताएका छन् । रश्मिरेखा सन्तोषको लिभ इन पार्टनर थिइन् ।

रिपोर्टहरूका अनुसार, २३ वर्षीया अभिनेत्रीको १८ जुनको रातमा मृत्यु भएको थियो। उनँको पोष्टमार्टमको रिपोर्ट आउन बाँकी छ । अहिले आत्महत्याको घटना भएको देखिन्छ । उनले सुसाइड नोटमा आफ्नो मृत्युको लागि कसैलाई दोष दिएकी छैनन् । घटनाको बारेमा प्रहरीले छानबिन गरिरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्