रवि लामिछानेको पार्टीको नाम– राष्ट्रिय स्वतन्त्र पार्टी
काठमाडौ,असार ७ । लामो समयदेखि सञ्चारकर्म गरेका रवि लामिछानेले राजनीतिमा लागेका छन् । सञ्चारमाध्यम छाडेर राजनीतिमा लागेका रवि लामिछानेले आफ्नो पार्टीको नाम राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गरेका छन् ।
एक समारोह बीच काठमाडौंमा उनले पार्टीको नाम सार्वजनिक गरेका हुन् । उनले स्वतन्त्र उम्मेदवारी घोषणा गरेकाहरुलाई आफ्नो दलमा आउन आग्रह गरे ।
स्वतन्त्र उम्मेदवारी दिन लागेकाहरुप्रति आफ्नो सम्मान रहेको भन्दै उनले देशभरबाट समानुपातिक मत संकलन गर्नु पर्ने भएकाले दल गठन गरेको उनले बताए ।

