चितवनमा होली भिजन स्कुलको बसको ठक्करबाट एकको मृत्यु, अर्का गम्भीर घाइते
चितवन,असार ७ । चितवनमा स्कुल बसको ठक्करबाट मोटरसाइकलमा सवार एक पुरुषको ज्यान गएको छ । ज्यान गुमाउनेमा बाग्लुङको हरिया गाउँपालिकाका ३४ वर्षीय बिनोद थापा रहेका छन् ।
मंगलबार बिहान १०:१० बजे चितवन भरतपुर महानगरपालिका ४ अनुपम चोकमा होली भिजन पब्लिक स्कुलको ना १ क ३५९६ नम्बरको बसले ना ३३ प ३६६६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो । बसको ठक्करबाट गम्भीर घाइते भएका थापाको चितवन मेडिकल कलेज (सिएमसी) मा उपचारको क्रममा ११:४३ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

