सर्पको टोकाइबाट किशोरको ज्यान गयो



काठमाडौँ,८ असार । सर्पको टोकाइबाट किशोरको ज्यान गएको छ । विषालु सर्पले डस्दा झापाको बुद्धशान्ति गाउँपालिका–५ खारखोलामा एक किशोरको मृत्यु भएको छ ।

ज्यान गुमाएका किशोर हात्ती धपाउन निस्केका थिए । सोही समयमा १५ वर्षीय अजित तामाङको सर्पदंशबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सर्पदंशबाट सिकिस्त तामाङको उपचारका क्रममा चारआलीस्थित सर्पदंश उपचार केन्द्रमा मृत्यु भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्