झापामा एकजनाको शव भेटीयो



झापा,असार ९ । झापामा एकजनाको शव भेटिएको छ ।झापाको शिवसताक्षीमा कमल बनियानी खोलामा एक पुरूषको शव भेटिएको हो ।

बुधबार साँझ फेला परेको शव सडेको अवस्थामा रहेको इलाका प्रहरी कार्यालय झिलझिलेका प्रहरी निरीक्षक महेन्द्र खड्काले बताए । 

शवको प्रकृति हेर्दा बाढीले बगाएर ल्याएको हुनसक्ने देखिएको उनले बताए । शव कस्को भन्ने पहिचान भइनसकेको र आवश्यक अनुसन्धान भइरहेको पनि प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्