दैनिक १३९ रुपैयाँ किस्तामा स्कुटर



काठमाडौं,साउन ९ । नेपालको लागि सुपर शोको आधिकारीक वितरक डिलाइफ स्टाइलले दैनिक १३९ रुपैयाँ किस्ता, सून्य प्रतिशत डाउन पेमेन्ट जस्ता स्कीम ल्याएर इलेक्ट्रीक स्कुटर तथा मोटरसाइकल विक्री गर्दै आएको छ । यस्तोमा नयाँ सवारी साधन किन्न चाहनेको लागि यी स्कीम निकै उपयोगी बन्न सक्छन् ।

कम्पनीले दैनिक १३९ रुपैयाँ मासिक किस्तामा उपलब्ध गराउने स्कीम स्कुटरमा दिएको हो । उक्त स्कीममा उपलब्ध सियू मिनी स्कुटरको मूल्य १ लाख ७९ हजार ९०० रुपैयाँ रहेको छ । यसलाई एक पटकको फुल चार्जमा ६० किलोमिटरसम्म गुडाउन सकिने कम्पनीले जनाएको छ ।

कम्पनीले मोटरसाइकलहरु सून्य प्रतिशत डाउन पेमेन्टमा समेत खरिद गर्न सक्ने अफर दिएको छ । सून्य प्रतिशत डाउन पेमेन्टमा सुपर शोकोका मोटरसाइकल किन्न चाहने ग्राहकले १२, १८ र २४ महिनाको किस्ताबन्दीमा किन्न सक्नेछन् । डाउन पेमेन्ट बापतको पैसा नतिरेपनि ब्याज बापत लाग्ने रकम भने सुरुमा नै तिर्नु पर्ने कम्पनीले जनाएको छ ।

यसरी ब्याज बापतको रकम तिरेपछि मोटरसाइकलको मूल्यलाई मासिक किस्तामा भाग लगाएर तिर्नु पर्ने हुन्छ । सुपर शोकोले निकै पावरफुल मोटरसाइकलहरु ल्याएर विक्री गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्