माओवादीको पोलिटब्युरो सदस्यमा विवाद



काठमाडौं,असार २३ । नेकपा माओवादी केन्द्रको पोलिटब्युरो सदस्यमा बिवाद देखिएको छ । अध्यक्ष पुष्पकमल दाहालले १२५ सदस्यीय पोलिटब्युरो सदस्यको नाम पढेपछि केन्द्रीय कमिटी बैठकमा चर्को विरोध भएको हो ।

अध्यक्ष दाहालले आफू निकटका व्यक्तिलाई मात्रै सदस्यमा समावेश गरेर पोलिटब्युरो बनाएको भन्दै केही केन्द्रीय सदस्यले आपत्ति जनाएका हुन् ।

कमलादीको प्रज्ञा भवनमा चलिरहेको बैठकमा केही सदस्यले हलबाटै बिरोध जनाएका थिए । उनीहरुले ‘सधैँभरि हामीले मात्रै त्याग गर्नुपर्ने, हामीले कहिल्यै अवसर नपाउने हो ?’ भन्दै प्रश्न समेत गरेका थिए ।

पोलिटब्युरो सदस्यमा विवाद भएपछि बैठक केही समयका लागि स्थगित समेत भएको छ ।

प्रतिक्रिया दिनुहोस्