साढे ५ खर्बले बढ्यो ठूला उद्योगको उत्पादन
काठमाडौं,२५ । देशभरका ठूला उद्योगले गरेको उत्पादन साढे ५ खर्ब रूपैयाँले बढेको छ ।
केन्द्रीय तथ्यांक विभागले शुक्रवार सार्वजनिक गरेको राष्ट्रिय औद्योगिक सर्वेक्षण २०७६ को प्रतिवेदन अनुसार देशभरका ठूला उद्योगले गरेको उत्पादन ५ खर्ब ३८ अर्ब ४० करोड रूपैयाँले बढेको हो ।
पछिल्लो सर्वेक्षण अनुसार देशभरका उद्योगले करिब ८ खर्ब ६१ अर्ब ५ करोड मूल्य बराबरको वस्तु उत्पादन गरेका छन् । सर्वेक्षण अवधिमा देशभरका उद्योगले करिब ६ खर्व २५ अर्ब ७२ करोड रूपैयाँ लागत खर्च गरेको प्रतिवेदनमा उल्लेख छ ।
यसअघि गरिएको राष्ट्रिय औद्योगिक गणना, २०६९ मा देशभरका ठूला उद्योगले करिब ३ खर्ब २२ अर्ब ५५ करोड मूल्य बराबरको वस्तु उत्पादन गरेका थिए । उक्त गणना अनुसार देशभरका ठूला उद्योगले करिब २ खर्ब ४१ अर्ब ७७ करोड रूपैयाँ लागत खर्च गरेका थिए ।
सर्वेक्षणको सन्दर्भ अवधि २०७५ साउन १ गतेदेखि २०७६ असार मसान्तसम्म रहेको छ ।

