कारको ठक्करबाट पैदलयात्रीको मृत्यु



दाङ,असार २७ ।  कारकाे ठक्करबाट दाङमा एकजनाकाे मृत्यु भएकाे छ । जिल्लाकाे घोराही उपमहानगरपालिका १० मा गएराती कारको ठक्करबाट पैदलयात्री एक युवकको मृत्यु भएको हाे ।

मृत्यु हुनेमा स्थानीय २४ वर्षीय देवराज चौधरी रहेका छन् । गम्‍भिर घाइते भएका उनको उपचारको क्रममा घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो ।

बागमती प्रदेश ०१ ०२५ च ७७६४ नम्बरको कारले गएराती पौने १० बजे चौधरीलाई ठक्कर दिएको हो । दुर्घटनामा संलग्न कार सहित चालक नियन्त्रणमा रहेको इलाका प्रहरी कार्यालय नारायणपुर दाङले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्