कोरियन भाषा परीक्षा आउँदो साउन २ गते हुने



काठमाण्डौ,असार २८ । कोरियन भाषा परीक्षा आउँदो साउन २ गते हुने भएको छ । तीन सिफ्टमा परीक्षार्थीहरुको बायोमेट्रिक भेरिफाई र अभिमुखीकरण र भाषा परीक्षा हुनेछ ।

पहिलो सिफ्टमा परीक्षार्थीको बायोमेट्रिक भेरिफाई र अभिमुखीकरण बिहान ८ बजे, दोस्रो सिफ्टमा बिहान ९ः३० बजे र तेस्रो सिफ्टमा मध्याह्न १२ बजे हुनेछ । त्यसैले भाषा परीक्षा पनि पहिलो सिफ्टमा बिहान १० बजेट, दोस्रो सिफ्टमा बिहान ११ः३० बजे र तेस्रो सिफ्टमा दिउँसो २ बजे हुनेछ।

भाषा परीक्षा केन्द्र ललितपुर जिल्लाको भैंसेपाटीस्थित सीबीटी भवनमा हुनेछ । बायोमेट्रिक रजिस्टर ग्वार्कोस्थित ईपीएस कोरिया शाखामा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्