‘गल्ती भइहाल्यो, मिलेर सरकार बनाउ’-ओली



काठमाडौं,असार ३२ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कम्युनिस्ट एकताका लागि सबैले पहल गर्न अनुरोध गरेका छन् ।

काठमाडौंमा आयोजित नेपाल–चीन हिमालयमैत्री समाजको कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले आफूले विगतमा गल्ती गरेको बताउदै वामपन्थी एकतामा आउन सबै कम्युनिस्टहरुलाई अपिल गरेका छन्।

उनले चौँरीको पुच्छरजस्तो कांग्रेसको पछि लाग्ने पनि वामपन्थी हुन्छ? भन्दै प्रश्न गरेका थिए। कार्यक्रममा नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले वाम एकता र तालमेलका लागि आग्रह गरेपछि ओलीले जवाफमा भने, ‘यदि सच्चा वामपन्थी हुनुहुन्छ भने कांग्रेसका पछाडि नलाग्नुस्, गठबन्धनका पछाडि नलाग्नुस्। एसपीपी नगर्नुस्। वामपन्थी एकतामा आउन आह्वान गर्छु।’

प्रतिक्रिया दिनुहोस्