करेन्ट लागेर वडा सदस्यको ज्यान गयो



कुश्मा,असार ३२ । पर्वतमा करेन्ट लागेर वडा सदस्यको मृत्यु भएको छ । जिल्लाको विहादी गाउँपालिका–१ बाच्छाका ३९ वर्षिय दिपक गुरुङको शनिबार दिउँसो करेन्ट लागेर ज्यान गएको हो ।

गुरुङको घरमा टाँगिएको फलामको तारमा कपडा सुकाउँदा करेन्ट लागेको र घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक शिवराज बुढाथोकीले बताए । मृतक गुरुङका दुई छोरी र एक छोरा र श्रीमती रहेका छन् ।

उनी गत स्थानीय तह निर्वाचनमा नेपाली काँग्रेसको तर्फबाट सदस्यमा विजयी भएका थिए ।

प्रतिक्रिया दिनुहोस्