नुवाकोट शिवपुरी-काठमाडौं राष्ट्रिय युवा संघ नेपालको अध्यक्षमा हेमराज मोक्तान



काठमाडौं,असार ३२ । नुवाकोट शिवपुरी-काठमाडौं राष्ट्रिय युवा संघ नेपालको अध्यक्षमा हेमराज मोक्तान चुनिएका छन् ।

शनिबार काठमाडौंस्थित नयाँ बसपार्कमा भएको युवाहरूको भेलाले संयोजक पदमा मोक्तानलाई चुनेको हो । त्यस्तै संघको सहसंयोजकमा मिलन लामा, सचिवमा युवराज लामा,सहसचिव श्रीधर अधिकारी तथा काेषाध्यक्षमा निर्मल तामाङ र युथफोर्स प्रमुखमा रुपेश लामा तथा उपप्रमुख पदमा सुवास तामाङ सहित ३५ सदस्यीय कमिटी चुनिएको हो।

कार्यक्रममा नेकपा एमालेका नेता केशवराज पाण्डे, जितेन्द्र बिष्ट लगायत नेताकार्यकर्ताको सहभागिता रहेको थियोे ।

प्रतिक्रिया दिनुहोस्