सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर भूकम्प धक्का महसुस

काठमाडौं,असार ३२ । सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर भूकम्प धक्का महसुस गरिएको छ । सिन्धुपाल्चोक जिल्लाको गोल्छे केन्द्रविन्दू भएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
शनिबार साँझ ६ बजेर ४० मिनेट जाँदा सिन्धुपाल्चोकको गोल्छे आसपास केन्द्रविन्दू भएर ३.६ रेक्टरस्केलको भूकम्प गएको हो ।
उक्त भूकम्प गोरखा भूकम्पको पराकम्प भएको केन्द्रले जनाएको छ ।