दराजद्वारा ‘वार्षिक दराज समिट’ सम्पन्न

काठमाडौं,साउन १ । अनलाइन शपिङ प्लेटफर्म दराजले ‘वार्षिक दराज समिट’ आयोजना गरेको छ । १९ असारमा गरिएको उक्त कार्यक्रममा विभिन्न विज्ञहरूसँग तीन फरक प्यानलमा छलफल गरेको थियो ।
कार्यक्रमका प्रमुख वक्ता उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव डा. गणेशप्रसाद पाण्डेय र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा. वैकुण्ठ अर्याल थिए । त्यस्तै विशेष अतिथि राष्ट्रिय योजना आयोगका सदस्य सचिव केवलप्रसाद भण्डारी थिए । दराज नेपालका प्रबन्ध निर्देशक आँचल कुँवरले दराजले ई–कमर्शको माध्यमबाट समुदायको उत्थान गरेर सांस्कृतिक प्रभाव पार्ने लक्ष्य राखेको बताइन् ।
कार्यक्रमका तीनओटा प्यानल ‘नेपालमा परम्परागत कमर्शबाट ई–कमर्शसम्म’, ‘ब्लेन्डिङ अफ द मार्केट प्लेस एण्ड कमर्श फर डिजिटल इकोनोमी’ र ‘अपलिफ्टिङ कम्युनिटी थ्रु द पावर अफ डिजिटल कमर्श इन नेपाल’ थिम रहेको थिए ।