म्याद थप नगर्ने निर्णयपछि स्वर्गद्वारी र माण्डबीका करार कर्मचारी असन्तुष्ट

प्युठान,साउन १ । जिल्लाको माण्डबि गाउपालिका र स्वर्गद्वारी नगरपालिकाले करारमा रहेका कर्मचारीको म्याद नथप्ने निर्णय गरेको छ।
यो निर्णयबाट करार कर्मचारीहरु असन्तुष्ट बनेका छन्। करारमा नियुक्त गरिएका कर्मचारीको बिनाकारण बर्खास्त गर्ने पालिकाले निर्णय गरेपछि उनीहरु असन्तुष्ट बनेका हुन्।
कार्यपालिकाको बैठक बसेर माण्डबीले २१ जना र स्वर्गद्वारी नगरपालिकाले ३४ कर्मचारीको साउन १ गतेवाट म्याद थप नगर्ने निर्णय गरेका थिए।
रोजगारीबाट हटाउने निर्णयबाट असन्तुस्ट करार कर्मचारीहरुले आईतबार माण्डबी गाउँपालिका अध्यक्षलाई ज्ञापन पत्र बुझाउँदै ध्यानाकर्षण गराएका छन् । यो निर्णय पुर्बाग्रह र एकलौटी ढंगले आएको भन्दै उनिहरुले आपत्ति जनाएका हुन् । कर्मचारीलाई रोजगारीबाट निकाल्ने निर्णय खारेज गर्नुपर्ने उनीहरुको माग थियो । सो निर्णय दुई दिनभित्र नसच्चाईए सङ्घर्षमा उत्रने समेत उनीहरुले जनाएका छन् ।