बागमती प्रदेश सभा बैठक साउन ५ गते बस्ने



हेटौंडा,साउन २ । बागमती प्रदेश सभाको बैठक साउन ५ गते बिहीबार बस्ने भएको छ ।

प्रदेश सचिवालय अनुसार बागमती प्रदेशसभाको चालु १० औं अधिवेशनको २६ औं बैठक साउन ५ गते बिहीबार बस्ने भएको हो ।

बागमती प्रदेश सभा, कार्यव्यवस्था परामर्श समितिको आइतबार बसेको बैठकले २६ औं बैठक साउन ५ गते दिउँसो १ बजे बस्ने निर्णय गरेको प्रदेश सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्