प्रतिकित्ता २ सय रुपैयाँमा सानिमा बैंकको २५ लाख कित्ता शेयर बिक्रीमा



काठमाडौं,साउन २ । सानिमा बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक समूह तर्फको २५ लाख कित्ता शेयर बिक्री गर्ने लागेको हो ।

उक्त शेयरको न्यूनतम मूल्य २ सय रुपैयाँ तोकिएको हुदाँ आवेदन दिदा सो वा सोभन्दा बढी मूल्य अंकित गरी आवेदन पेश गर्ने सकिनेछ । उक्त संस्थापक शेयर खरिद गर्ने चाहने इच्छुक विद्यमान सस्थापक शेयरधनी वा अन्य जो कोही ब्यक्ति तथा संघ संस्थाले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशिचत भएको मितिले १५ दिन भित्र न्युनतम २ लाख कित्ता शेयर खरीदका लागि बैंकको केन्द्रिय कार्यालय नक्साल काठमाडौंमा निवेदन पेश गर्नुपर्नेछ ।

बैंकले यसअघि जेठ २० गते बैंकका विद्यमान संस्थापक शेयरधनीहरुलाई उक्त संस्थापक शेयर विक्रीका लागि ३५ दिने सूचना जारी गरेको थियो । सो अवधिमा कुनै पनि निवेदन प्राप्त नभएकोले बैंकले प्रचलित कानून बमोजिम पुनः विक्रीमा ल्याएको हो ।

प्रतिक्रिया दिनुहोस्