अर्घाखाँचीमा बाँदर धपाउने क्रममा घाईते युवकको ज्यान गयो
बुटवल,साउन २ । अर्घाखाँचीमा बाँदर भगाउने क्रममा लडेर घाइते भएका टंक खनालको मृत्यु भएको छ ।
असार १९ गते मकै बारीमा आएको बाँदर धपाउने क्रममा छत्रदेव गाउँपालिका–४ का ३९ वर्षीय खनाल गम्भीर घाइते भएका थिए ।
उनको उपचारको क्रममा गयराती लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएको छत्रदेव गाउँपालिका–४ का वडाध्यक्ष भिमलाल खनालले जानकारी दिए । लडेर गम्भीर घाइते भएका खनालको टाउकोमा चोट लागेको थियो ।

