रुपन्देहीमा पौडी खेल्दा डुबेर एक बालकको मृत्यु



बुटवल,साउन २ । रुपन्देहीमा पौडी खेल्ने क्रममा डुबेर ११ वर्षीय बालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा देवदह नगरपालिका–८ का ११ वर्षीय सुमन थापा रहेको प्रहरीले जनाएको छ ।

थापाको आइतबार दिउँसो देवदह नगरपालिका–८ बंगालीस्थित बंगालीखोला साठीबारी बाँधमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो ।

प्रतिक्रिया दिनुहोस्