करार कर्मचारी हटाएकोमा एमाले प्युठानको आपत्ती
प्युठान,साउन २ । माण्डबी गाउँपालिका र स्वर्गद्वारी नगरपालिकाले करारका कर्मचारीलाई बिना कारण हटाईएको भन्दै नेकपा एमाले प्युठानले आपत्ती जनाएको छ।
एमाले प्युठानद्वारा जारी विज्ञप्तीमा करार सम्झौता नवीकरण नगरेर करारका कर्मचारी माथी अन्यायपुर्ण व्यबहार गरेको भन्दै बिरोध जनाईएको छ। पार्टी अध्यक्ष बिजय बिराज विस्टद्वारा हस्ताक्षरित बिज्ञप्तीमा भनिएको छ-‘ कर्मचारीलाई विना कुनै कारण संझौता नविकरण नगर्ने निर्णय आपत्तिजनक छ ।’
कर्मचारी हटाएपछि केही स्वास्थ्य संस्थामा सेवा बन्द भएको भन्दै जनप्रतिनिधि जनताप्रति उत्तरदायी नदेखिएको आरोप लगाएको छ । जिल्लाका कर्मचारी संगठनहरुले समेत संयुक्त बिज्ञपतिमार्फत करारका कर्मचारी हटाउने काम नगर्न र म्याद थप गर्न स्थानिय तह समक्ष माग गरेका छन ।


