एनआईसी एशिया बैंकको एटिएम मेशिन फोर्न खोज्ने नरेश पुन मगर प्रक्राउ
काठमाडौं,साउन २। पोखरा महानगरपालिका–८ न्यूरोडस्थित एनआईसी एशिया बैंकको एटिएम मेशिन फोर्न खोजेको अभियोगमा सोही महानगरपालिका–९ पृथ्वी चोक बस्ने रुकुम घर भएका १९ वर्षीय नरेश पुन मगरलाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
उनी उपर चोरी उद्योग मुद्दामा जिल्ला अदालत कास्कीबाट ५ दिन म्याद थप अनुमती लिई प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।

