ककनीमा पिकअप दुर्घटना, एकजनाको ज्यान गयो



नुवाकोट,साउन ३ । जिल्लाको ककनी गाउँपालिका वडा नम्बर १ मा पिकअप दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ । आइतबार भएको उक्त दुर्घटनामा ५ जना घाइते भएका छन् ।

मृत्यु हुनेमा ३२ वर्षीया बसन्ती बलामी रहेकी छिन । बलामीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । ५ जना घाइतेहरुलाई स्थानीय र प्रहरीको सहयोगमा उद्दार गरी उपचारका लागि काठमाडौं लगिएको छ ।

गाडीका चालक फरार रहेकोले उनको खोजतलास कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय प्रमुख तथा एसपी रामप्रकास शाहले बताए । घाइते हुनेमा ककनी गाउँपालिका १ का स्थानीय विष्णु बलामी, रमेश बलामी, नानु बलामी, मानबहादुर बलामी र सरस्वती बलामी छन् ।

प्रतिक्रिया दिनुहोस्