सगरमाथा जलविद्युतको साधारणसभा साउन २५ गते
काठमाडौं,साउन ३ । सगरमाथा जलविद्युत कम्पनीको दोस्रो वार्षिक साधारणसभा साउन २५ गते हुने भएको छ । साउन २ गते बसेको बैठको निर्णय अनुसार सभा सभा कम्पनीको केन्द्रीय कार्यालय, अनामनगर, काठमाडौंमा बिहान ९ः३० बजे हुने कम्पनीले जानकारी गराएको हो ।
उक्त सभामा कम्पनीले आर्थिक वर्ष (आव)२०७८/०७९ को मुनाफाबाट शेयरधनीहरुलाई चुक्ता पुँजीको १० प्रतिशत (कर बाहेक) नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
त्यस्तै, सभाले आ.व २०७८/०७९ को लेखा परीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाव र सोहि अवधिको नगद प्रवाह विवरणहरु छलफल गरी पारित गर्ने, आव २०७९/०८० को लागि लेखापरीक्षक नियुक्ती गर्ने तथा निजको पारिश्रमिक तोक्ने जस्ता छलफलहरु पारित गर्नुका साथै अन्य छलफलहरु रहेका छन् ।

