गुल्मीमा मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु



गुल्मी,साउन ३ । गुल्मीमा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । जिल्लाको गुल्मीदरवार गाउँपालिका वडानम्बर-२ निवासी २८ वर्षका लेकबहादुर पाल्पालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक (डिएसपी ) माधवराज खरेलले बताए ।

गाउँपालिकाको हटिया बजारबाट ठुलाचौर जाने क्रममा लु ६ प २०२० नम्बरको मोटरसाइकल दुर्घटनामा परेको थियो । दुर्घटनामा परेको मोटरसाइकल आफै अनियन्त्रित भइ सडकको भित्तामा ठोक्किएर चालक पाल्पालीको घटनास्थलमै मृत्युु भएको प्रहरीले जनाएको छ ।

मृतकको शवलाइ पोष्टमार्टमको लागि गुल्मी अस्पतालमा राखिएको (डिएसपी) खरेलले बताए

प्रतिक्रिया दिनुहोस्