काठमाडौंको जोरपाटीमा निस्किएको ग्यास मिथेन भएको पुष्टि
काठमाडौं,साउन ३ । काठमाडौं जोरपाटीमा पानीको बोरिङ खन्ने क्रममा निस्किएको ग्यास मिथेन भएको पुष्टि भएको छ।
जोरपाटीबाट सुन्दरीजल जाने बाटोमा रहेको सन्तवीर लामाको घरमा बोरिङ खन्ने क्रममा लेदोसहित पानी र ग्यास निस्किएको थियो।
उक्त ग्यास निस्किएपछि खानी तथा भूगर्भ विभागका कर्मचारीहरु स्थलगत अध्ययनका लागि घटनास्थल गएका थिए।

