नुवाकोटको ककनीमा नौलो अभ्यास, घेवामा मदिरा प्रयाेग नगर्नेलाई १० हजार प्रोत्साहन रकम



नुवाकाेट,साउन ४ । नुवाकाेटकाे ककनी गाउँपालिकामा नौलो अभ्यासको थालनी गरिएको छ । ककनीको वडा नम्बर ५ मा तामाङ जातिकाे मृत्यु पछिको संस्कार घेवामा मदिरा प्रयोग नगर्नेलाई १० हजार प्राेत्साहन रकम दिने भएकाे हो । 

आर्थिक वर्ष २०७९/८० मा मदिरा प्रयाेग नगर्ने मृतककाे परिवारलाइ रुपैयाँ १० हजार उपलब्ध गराउने निर्णय गरेको ककनी गाउँपालिका वडा नम्बर ५ का अध्यक्ष बुद्ध लामाले बताए ।

यस निर्णय पश्चात् मदिराजन्य घटना समेत कमि हुने अपेक्षा गरिएको अध्यक्ष लामाले बताए ।

प्रतिक्रिया दिनुहोस्