कपिलवस्तुमा बस र भ्यानले ठक्कर दिँदा दुई जनाको मृत्यु

कपिलवस्तु,साउन ४ । कपिलवस्तुमा सवारी साधनको ठक्करबाट बुधबार दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एक युवा र एक बालिका रहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ।
बुधबार बुद्धभूमि नगरपालिका ९ चम्मापुरमा बसको ठक्करबाट एक जनाको मृत्यु भएको हो। बिहान साढे आठ बजे बा ५ ख ९३५० नम्बरको बसले रा ७ प ३५९४ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।
दुर्घटनामा मोटरसाइकल चालक तुलसीपुर उपमहानगरपालिका–९ का ३० वर्षीय सुशील केसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता प्रहरी नायव उपरीक्षक जेसी शाहले जानकारी दिए ।
त्यसैगरी, वाणगंगा नगरपालिका १० भावपुरमा लु २ च ४०५२ नम्बरको भ्यानले ठक्कर दिँदा नौ वर्षीया एन्जला पौडेलको मृत्यु भएको छ। बालिकालाई बाटो काट्दै गर्दा भ्यानले ठक्कर दिएको थियोे ।