छहरे-टोखा सडक अवरुद्ध, सडक डिभिजन मुकदर्शक

नुवाकोट,साउन ५ । नुवाकोट आवतजावतको मार्ग छहरे-टोखा सडकखण्ड अवरुद्ध भएको छ ।
सो सडकखण्ड अन्तर्गत ठुलो पहरा नजिकै घ्याम्पे खोलामा गएको पहिरोसंगैको बालुवायुक्त लेदोले सडकखण्ड हुँदै आवतजावत ठप्प भएको स्थानीय होटल व्यवसायी नारायण गुरुङले बताए ।
सडक डिभिजनको एक्साभेटर मगाएको तर सडकको पहिरो नपन्छाइ मुकदर्शक बनेको स्थानीयले आरोप लगाएका छन् ।