युरेनियम जस्तो देखिने पदार्थ सहित १५ जना पक्राउ



काठमाडौं,साउन ५ । विराटनगर महानगरपालिका–९ स्थित ठुलदाइको होटल र सोही महानगरपालिका–३ दुधफारमबाट युरेनियम जस्तो देखिने पदार्थ सहित १५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

उनीहरूमध्ये होटलबाट ८ जनालाई १ केजी ८७.३ ग्राम सहित आइतबार र दुधफारमबाट ७ जनालाई ९७८.६ ग्राम मंगलबार उक्त पदार्थ सहित प्रहरीले पक्राउ गरेको हो ।

उक्त होटलबाट पक्राउ पर्नेहरूमा मोरङ धनपालथान गाउँपालिका–७ बस्ने ४१ वर्षीय शिव शंकर पासवान, ४३ वर्षीय प्रदिप पुरी, ४४ वर्षीय लक्ष्मण शर्मा, सोही गाउँपालिका–४ बस्ने ३७ वर्षीय मुकेश कुमार साह, कटहरी गाउँपालिका–२ बस्ने ४० वर्षीय दिलिप कुमार शर्मा, विराटनगर महानगरपलिका–१२ बस्ने ४६ वर्षीय फटिक कुमार कार्की, सोलुखुम्बु माग्पे गाउँपालिका–७ बस्ने ३५ वर्षीय गोपाल मगर र खोटाङ हलेसी नगरपालिका–९ बस्ने ३२ वर्षीय किरन राई रहेका छन् । यसैगरी उक्त दुधफारमबाट पक्राउ पर्नेहरूमा गोरखा गण्डकी गाउँपालिका–८ बस्ने ४५ वर्षीय जिवन गुरुङ, महोत्तरी मङ्हा नगरपालिका–६ बस्ने ४२ वर्षीय अब्दुल गनी खान, बर्दिबास नगरपालिका–१२ बस्ने ३० वर्षीय चन्दन कुमार महतो, मोरङ ग्रामथान गाउँपालिका–३ बस्ने ५५ वर्षीय रबिन्द्र गच्छेदार, मकवानपुर बागमती गाउँपालिका–५ बस्ने ३६ वर्षीय दिपक बहादुर भ्लोन, मोहत्तरी मनराषिशवा नगरपालिका–३ बस्ने ४९ वर्षीय उमेश प्रसाद यादव र सिन्धुली कमलामाई नगरपालिका–५ बस्ने २८ वर्षीय श्याम घिमिरे रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्