बर्दियामा डुबेर दुई बालकको ज्यान गयो



काठमाडौं,साउन ५ । बर्दियामा एउटा माछा पोखरीमा डुबेर दुई  जना बालकको मृत्यु भएको छ ।

बर्दियाको बढैयाताल गाउँपालिका–२ फुटाहास्थित माछापोखरीमा डुबेर सोही ठाउँ बस्ने ९ वर्षीय भुवन भण्डारी र ८ वर्षीय युवराज बोहराको बुधबार मृत्यु भएको हो ।

पोखरीको छेउमा खेल्ने क्रममा अचानक डुबेर अशक्त भएका उनीहरूको बर्दिया अस्पताल गुलरियामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्