नुवाकोटको स्थानिय तहको बेरुजु ५२ करोड



नुवाकोट,साउन ६ । नुवाकोटको १२ स्थानीय तहको बेरुजु रकम ५२ करोड रुपैयाँ भन्दा बढी देखिएको छ । महालेखापरीक्षकको ५९औँ वार्षिक प्रतिवेदन अनुसार जिल्लाको १२ स्थानीय तहको बेरुजु रकम ५२ करोड ४५ हजार रुपैयाँ देखिएको हो । वुधवार आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन सार्वजनिक भएको थियो । उक्त प्रतिवेदन अनुसार प्रतिवेदनको आधारमा नुवाकोटको तारकेश्वर गाउँपालिकामा सबै भन्दा वढी बेरुजु रहेको छ ।

तारकेश्वर गाउँपालिकाको ८९ करोड ८६ लाख १४ हजार रुपैयाँको लेखा परीक्षण गरिएकोमा १५ दशमलव ५३ प्रतिशत अर्थात १३ करोड ९५ लाख ९३ हजार रुपैयाँ बेरुजु देखिएको  महालेखापरीक्षकको प्रतिवेदनमा उल्लेख छ । त्यस्तै सबै भन्दा कम बेरुजु विदुर नगरपालिकाको रहेको छ । विदुर नगरपालिकाको २ अर्व ९८ करोड ६६ लाख ५४ हजार रपैयाँको लेखा परीक्षण गर्दा सून्य दशमलव ८५ प्रतिशत अर्थात २ करोड ५३ लाख ६४ हजार रुपैयाँ बेरुजु देखिएको छ ।

त्यस्तै ककनी गाउँपालिकाको १ अर्व २४ करोड ६८ लाख २४ हजार रुपैयाँको लेखा परीक्षण गर्दा १ दशमलव ६३ प्रतिसत अर्थात २ करोड ३ लाख २६ हजार रुपैयाँ, किस्पाङ गाउँपालिकाको ९७ करोड ३७ लाख ५९ हजार रुपैयाँको लेखा परीक्षण गर्दा ५ दशमलव ३१ प्रतिशत अर्थात ५ करोड १६ लाख ९० हजार रुपैयाँ बेरुजु देखिएको महालेखापरीक्षकको ५९औँ वार्षिक प्रतिवेदनमा उल्लेख गरिएको छ । तादी गाउँपालिकाको ९७ करोड ९९ लाख ८७ हजार रुपैयाँको लेखा परीक्षण गर्दा २ दशमलव २ प्रतिशत अर्थात २ करोड २४ लाख ४ हजार रुपैयाँ, दुप्चेश्वर गाउँपालिकाको १ अर्ब ४ करोड ८५ लाख ५ हजार रुपैयाँको लेखा परीक्षण गर्दा २ दशमलव ४६ प्रतिशत अर्थात २ करोड ५८ लाख १२ हजार रुपैयाँ, पञ्चकन्या गाउँपालिकाको ९२ करोड ८२ लाख ५९ हजार रुपैयाँको लेखा परीक्षण गर्दा २ प्रतिशत अर्थात १ करोड ८५ लाख २८ हजार रुपैयाँ बेरुजु देखिएको महालेखापरीक्षकको ५९औँ वार्षिक प्रतिवेदनमा उल्लेख गरिएको छ ।

महालेखापरीक्षकको ५९औँ वार्षिक प्रतिवेदनमा उल्लेख भए अनुसार नुवाकोटको म्यागङ गाउँपालिकाको ८० करोड १ लाख ७७ हजार रुपैयाँको लेखा परीक्षण गर्दा २ दशमलव ४१ प्रतिशत अर्थात १ करोड ९२ लाख ५२ हजार रुपैयाँ, लिखु गाउँपालिकाको ९० करोड ६ लाख ७२ हजार रुपैयाँको लेखा परीक्षण गर्दा ३ दशमलव ७४ प्रतिशत अर्थात ३ करोड ३६ लाख ७२ हजार रुपैयाँ, शिवपुरी गाउँपालिकाको १ अर्ब १५ करोड ३८ लाख २९ हजार रुपैयाँको लेखा परीक्षण गर्दा १ दशमलव ३५ प्रतिशत अर्थात १ करोड ५५ लाख ९८ हजार रुपैयाँ र सूर्यगढी गाउँपालिकाको ८७ करोड ९ लाख ६६ हजार रुपैयाँको लेखा परीक्षण गर्दा ७ दशमलव १२ प्रतिसत अर्थात ६ करोड २० लाख ३० हजार रुपैयाँ बेरुजु देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्