खुल्यो छहरे-टोखा सडकखण्ड, जोखिम भने कायमै



नुवाकोट,साउन ६ । छहरे-टोखा सडकखण्डमा पहिरो पन्छाएसँगै सो सडखण्ड संचालनमा आएको छ ।

नुवाकोट-काठमाडौको सिमाना गुर्जु भञ्ज्याङ् मा गएको पहिरोले यातायातका साधन सञ्चालन  ठप्प भएको थियोे ।

स्थानीय, प्रहरी प्रशासन,नेपाली सेना पहिरो पन्छाउन ५/६ घण्टा नियमित खटेका थिए । पहिरो हटाइएता पनि यस सडक खण्डमा जोखिम उत्तिकै रहेको स्थानीय प्रहरीले प्रशासनले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्