भारतीय ट्रकको ठक्करबाट दुई जनाको मृत्यु
मोरङ,साउन ६ । भारतीय ट्रकको ठक्करबाट शुक्रबार बिहान मोरङको बुढीगङ्गामा दुई जनाको मृत्यु भएको छ ।
बिहान ६ बजे बुढीगङ्गा २ स्थित कोशी राजमार्गको गङ्गाचोकमा भएको दुर्घटनामा २७ वर्षे हर्क परियार र २१ वर्षे भीमबहादुर राईको मृत्यु भएको हो ।
विराटनगरबाट इटहरीतर्फ गइरहेको भारतीय नम्बर एफ आर ३८ एफ २२१० को ट्रकले सोही दिशातर्फ गइरहेको को ३० प ९१०३ नम्बर मोटरसाइकललाई ठक्कर दिएको थियो ।
प्रहरीले ट्रक र चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ ।

