दाङमा चोरीका ६ मोटरसाइकलसँगै ३ जना पक्राउ



दाङ,साउन ६ । दाङ प्रहरीले चोरी भएका ६ वटा मोटरसाइकलसहित ३ जनालाई पक्राउ पनि गरेको छ। दाङ प्रहरीले शुक्रबार पत्रकार सम्मेलन गरेर चोरीमा संलग्न व्यक्ति र बरामद भएको मोटरसाइकल सार्वजनिक गरेको हो।

मोटरसाइकल चोरीमा संलग्न रहेको आरोपमा रोल्पा रुन्टिगढी गाउँपालिका–९ घर भइ हाल घोराही उपमहानगरपालिका–१४ निवासी ३० बर्षिय भानुभक्त बाठा, तुलसीपुर उपमहानगरपालिका–१९ घर भइ हाल घोराही–११ निवासी २१ बर्षिय मदन पुन र तुलसीपुर उपमहानगरपालिका–१८ निवासी १८ बर्षिय बादल नेपाली पक्राउ परेको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख सुरेशप्रसाद काफ्लेले जानकारी दिए ।

पक्राउ परेका व्यक्तिहरुले जिल्लाका विभित्र स्थानबाट मोटरसाइकल चोरी गरेको आरोप छ । मोटरसाइकल चोरीको घटना धेरै हुने थालेपछि प्रहरीले चलाएको विशेष अप्रेसनले सफलता पाएको काफ्लेले बताए ।

प्रतिक्रिया दिनुहोस्