सत्तारुढ दल निकट विद्यार्थी संगठनले गर्भनर अधिकारीको राजीनामा माग गर्दै आन्दोलन

काठमाडौं,साउन ६ । रत्न राज्य लक्ष्मी क्याम्पस (आरआर) का सत्तारुढ दल निकट विद्यार्थी संगठनले गर्भनर माहा प्रसाद अधिकारीको राजीनामा माग गर्दै आन्दोलन गरेका छन् ।अखिल क्रान्तिकारी, नेपाल विद्यार्थी संघ र नेकपा एस समर्थित अनेरास्ववियूका विद्यार्थीहरुले संयुक्त रुपमा विरोध प्रदर्शन गर्दै राजीनामा माग गरेका हुन् ।
गभर्नर एमालेको अर्थ विभागको सदस्य रहेको भन्दै सत्तारूढ दलका युवा विद्यार्थी संगठनहरु केही दिन यता आन्दोलित छ । गभर्नर अधिकारी एम. अधिकारीको नाममा नेकपा एमालेको अर्थ तथा योजना विभागका सदस्य रहेको चर्चापछि उनी विवादमा तानिएका छन्। यद्यपि गभर्नर स्वयंले यसलाई अस्वीकार गरेका छन्। उनले आफू कुनै दलमा नरहेको बताएका छन् । एमालेले पनि एम. अधिकारी गभर्नर नभएर अर्कै व्यक्ति भएको दाबी गरेको छ ।
विरोध प्रर्दशनका नेता , अखिल ( क्रान्तिकारी ) आर आर का इन्चार्ज मिनराज पाण्डे ले तत्काल महाप्रसाद अधिकारी ले राजीनामा नदिय वा यो सरकारले बर्खास्त नगरे सम्म आन्दोलनको आधी भेरी ल्याउने गभर्नर लाई कालो मुसो दल्ने चेतावनी दिएका छ्न । नेपाल राष्ट्र बैंकमा बसी गभर्नर अधिकारीले देशको अर्थतन्त्र धोष्त पारेको यस विरुद्ध संयुक्ति विद्यार्थी संगठन निरन्तर आन्दोलन चर्कीउने अखिल क्रान्तिकारीका सुदुरपश्चिम प्रदेश कमिटि सदस्य अनिल बोहराले बताए ।