चर्चित गायिका देविका केसीको नयाँ तीज गीत नाइँ बाबा नाइँ आइतबार सार्वजनिक हुँदै

काठमाडौं,साउन ७ । चर्चित गायिका देविका केसीको नयाँ तीज गीत नाइँ बाबा नाइँ आइतबार सार्वजनिक हुने भएको छ ।
घर हाम्रो घर त नुवाकोट जस्ता ख्यातिप्राप्त लोक गीतका गायिका केसीको नयाँ गीतमा शब्द तथा संगीत भने शिव हमालको गरेका छन् ।
नाइँ बाबा नाई गीत भने गायिका स्वयंको अफिसियल युट्युब च्यानल देविका केसी बाट सार्वजनिक हुने भएको हो । केहि समयको अन्तरालमा सार्वजनिक हुन गइरहेको यस गीतको आम दर्शक श्रोताको व्यग्र प्रतीक्षा पश्चात् सार्वजनिक हुने भएकाले सफलताको अपेक्षा गरेको गायिका केसीले बताइन् ।