मेगा बैंक १३औं बर्षमा प्रवेशः यस समयमा उत्साहमुलक उपलब्धि
काठमाडौं,साउन ८ । मेगा बैंक नेपाल लिमिटेड १२ बर्ष पूरा गरी १३ बर्षमा प्रवेश गरेको छ ।
१२ औं वार्षिकोत्सवका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा गरी मनाएको छ । लगानीकर्ताको विश्वास जित्दै सानो सानो पुँजीको लगानी र परिचालनबाट मेगा परियोजना सञ्चालन गर्न सकिन्छ भन्ने उदाहरण मेगा बैंक हो,’ अध्यक्ष शाहले भने, ‘उत्पादनमुलक, रोजगारीको सिर्जना गर्ने र आयातलाई प्रतिस्थापन गर्दै निर्यातको प्रबद्र्धन गर्ने उद्योग–व्यवसायलाई भरथेक गर्दा मात्र आत्मनिर्भर अर्थतन्त्रको निर्माण हुन सक्दछ ।
उनले भने– ‘साना तथा मझौला उद्योग तथा व्यवसाय अन्तरगत कृषि, माइक्रो फाइनान्सिङ, महिला उद्यम कर्जा, डिप्राइभ सेक्टर लेन्डिङसँग सम्बन्धित विधाहरुमा डिफिड–सक्षम, युएसएड–निट, हेल्भेटास, आइओएमसँग सम्बन्धित क्षेत्रहरुमा सहकार्य गरी बैंकिङ पहुँच नपुगेका समुदायमा बैंकिङ पहुँच पु¥याउन दुर्गम क्षेत्र, पिछडिएको वर्गको आर्थिक, सामाजिक रुपान्तरण र सशक्तिकरण महत्वपूर्ण भूमिका खेलेको छ । देशले भोगेका प्राकृतिक विपत्ति तथा कोरोना जस्ता महामारीका कारण राष्ट्र तथा बैंक वित्तीय संस्थाहरुले भोगेको संकटको समयमा समेत लगानीकर्तालाई सन्तुलित तथा न्यायोचित प्रतिफल दिन सक्षम हुन हामीले लिएका सही नीति तथा बजेटको कार्यान्वयनको परिणाम हो ।’
विगतमा विभिन्न बैंकसँग मर्जर र एक्वीजिशनको सन्दर्भलाई जोड्दै उनले मेगा बैंकले स्थापित गरेका मान्यताहरुमा विचलन नआउनेमा विश्वस्त रहेको बताए । ‘यस बैंकको व्यवसाय एवं कार्य क्षेत्र तथा दायरा विस्तार गरी र लगानीको दृष्टिकोणले भरपर्दो र विश्वासिलो बैंक बनाउन पश्चिमाञ्चल डेभलपमेन्ट बैंक, टुरिजम डेभलपमेन्ट बैंक, गण्डकी विकास बैंक जस्ता आ–आफ्ना क्षेत्रका अब्बल बैंकहरुसँगको मर्जर तथा प्राप्तिले यस बैंक बैंकलाई वित्तीय बजारमा स्थापित गराउन अहम भूमिका खेलेकै कारण आज हामी यो स्थितिमा आइपुगेको अध्यक्ष शाहले भने ।
मेगा बैंककी कायममुकायम सिइओ रविना देशराज श्रेष्ठले वित्तीय बजारमा मेगा बैंक एक प्रतिष्ठित, अब्बल तथा जनप्रिय बैंकको रुपमा स्थापित भएको बताएकी छन् । स्थापनाको १२ बर्ष पूरा गरी १३ बर्ष प्रवेश गरिरहँदा संस्थापकज्यूहरु सँगसँगै यस बैंकका लागि कर्मचारीवर्ग, ग्राहकवर्ग र सरोकारवाला सम्बद्ध सबैको निकै ठूलो योगदान रहेको छ । आजसम्म आइपुग्दा थुप्रै वित्तीय सूचकहरुमा यो बैंकको अवस्था उत्साहमुलक देखिएको छ ’– उनले भनीन् ।
कामु सिइओ श्रेष्ठले दिगो विकासका साथ नयाँ प्रविधिसहित अघि बढ्दै मेगा बैंकलाई आधुनिक प्रविधिमैत्री ‘डिजिटलाइज्ड बैंक’ बनाइएको बताईन् । ‘शिक्षामा बालिकाहरुको पहँुचलाई स्थापित गर्दै महिला सशक्तिकरणमा टेवा पु¥याउन र मेगा बैंकमै रोजगारीको अवसर सृजना गर्न हाम्रो बैंकले ‘एक शाखा दुई छोरी’ कार्यक्रम अन्तर्गत सामुदायिक विद्यालयहरुमा कक्षा १ देखि १२ सम्म अध्ययनरत छात्राहरुलाई छात्रवृति उपलब्ध गराएको छ । यो छात्रवृतिले शाखा संचालित पालिकामा मेगा बैंकलाई जनताको बैंकको रुपमा स्थापित गरेको छ भने मेगा बैंकले “बैंक अफ दि इयर २०१९” नामक अन्तर्राष्ट्रिय पुरस्कार प्राप्त गर्दा प्रमुख आधारशिला बनेको थियो ।’
समता अस्पताललाई ५ लाख सहयोग
मेगा बैंक नेपाल लिमिटेडले १२औं बार्षिकोत्सवका अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत काठमाडौंको बौद्धस्थित समता सामुदायिक अस्पताललाई ५ लाख रुपैंया सहयोग गरेको छ । मेगा बैंकका अध्यक्ष शाहले समता अस्पतालका अध्यक्ष उत्तर सञ्जेललाई ५ लाख रुपैंयाको चेक हस्तान्तरण गरेका छन् । एक सय रुपैंयामा सर्वसाधारणको उपचार गराउँदै आएको यस अस्पतालबाट न्यून आय भएका सर्वसाधारणको उपचारमा मद्दत मिलोस् भन्ने उद्देश्यले आर्थिक सहयोग गरिएको मेगा बैंकले जनाएको छ ।

