पाल्पामा बस दुर्घटनामा ६ जनाको मृत्यु



काठमाडौं,साउन ८ । पाल्पामा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु गएको छ । दुर्घटनामा अन्य १६ जना घाइते भएको प्रहरीले जनाएको छ ।

बाग्लुङको बुर्तिबाङबाट बुटवलका लागि छुटेको लु १ ख ५९५२ नम्बरको बस पाल्पाको रिब्दिकोट गाउँपालिका–२ लगुवामा साँझ ५ बजे दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

घाइतेहरूको तानसेन अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्