‘टोखा-छहरे सुरुङ निर्माण छिट्टै अघि बढाइयोस्’-सांसद तामाङ

काठमाडौँ,साउन ८ । नेकपा (माओवादी केन्द्र) नुवाकोटका नेता तथा संघीय सांसद हितबहादुर तामाङले टोखा–छहरे सुरुङ यथासक्य छिटो अघि बढाउन माग गरेका छन् ।
आइतबार प्रतिनिधिसभा बैठकमा आफ्नो धारणा राख्दै चाडै यही चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा सुरुङ मार्गको काम थालनी गर्न माग गरेका हुन् ।
केहि वर्ष यता बजेट भाषणमा मात्र समेटिएको तर काम भने कतै नदेखिएकाले यस आर्थिक वर्षमा भने छहरे-टोखा सुरुङमार्ग निर्माणको थालनी हुनुपर्ने सांसद तामाङले अनुरोध गरेका छन् ।